एमालेको दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

 ग्लोबल टिभि      बुधबार, असार १६, २०७८      0

सत्तारुढ नेकपा एमालले दशौं महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ०७५ जेठ २ मा कायम केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य लेखराज भट्टले बताए ।

स्थायी कमिटी सदस्य भट्टका अनुसार स्थायी कमिटीको निर्णयलाई आज बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले अनुमोदन गर्नेछ । बैठकले जेठ २ मा कायम केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय पनि गरेको छ । असार १८ बैठकमा पूर्वमाओवादीका नेताहरु पनि सहभागि हुने भएका छन् ।

दशौं महाधिवशेन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधता दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई पुरानै केन्द्रीय कमिटी बिउत्याउनु पर्ने बाध्यात्मक भएको हो ।त्यसैका कारण जेठ २ मा कायम कमिटीको बैठक बोलाउने निर्णय बैठकले गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *