ग्लोवल टि.भी.
सोमवार, मंसिर ८, २०७७
0
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुगेका छन् । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न आज हिमाली गाउँ घुन्सा पुग्दा स्थानीयबासीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीसँगै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा संसदीय दलका नेता सुवास नेम्वाङसहितका नेतापनि घुन्सा पुगेका छन् । घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Post Views: 945
Leave a Reply