ग्लोबल टिभि
बुधबार, असार १६, २०७८
0
नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिएको आरोप लागेका शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको जारी बैठकमा उनले एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई आफ्नो गाडीमा राखेर छुटाउन जानु अशोभनीय भन्दै राजीनामा माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
एमाले बैठकमा मन्त्री श्रेष्ठको आलोचना भएको छ । यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए ।
Post Views: 717
Leave a Reply