एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज, १८ गते केन्द्रीय कमिटी बैठक बस्ने

 ग्लोबल टिभि           0

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण  गरेको छ ।

बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे । ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा , लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको विषयमा छलपल भएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको छ । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *