ग्लोबल टिभि
0
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक महाराजगञ्जमा शुरु भएको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै गुटगत छलफलले तीव्रता पाएको छ ।
बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइराला लगायत सहभागी छन् ।
आजको बैठकमा निधि, कोइराला र सिंहबीचको तीन चरणको लन्च मिटिङका बारेमा पनि छलफल हुने बताइएको छ । तीनैजना नेतृत्वका आकांक्षी हुन् ।
तीन नेताबीचको संवादप्रति असन्तुष्ट पौडेलले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहसँग असन्तुष्टि जनाइएको बुझिएको छ । त्यस्तै उपसभापति निधिसँग पनि नेतृत्वका लागि नभई महाधिवेशन सफल बनाउन सक्रिय हुन पौडेलले सुझाव दिएका छन् ।
Post Views: 1,381
Leave a Reply