एमाले स्थायी कमिटीमा पूर्वमाओवादी नेतासहित आठ जना थपिए

 ग्लोबल टिभि      बुधबार, असार १६, २०७८      0

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको छ ।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ ।

बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *