संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

 ग्लोवल टि.भी.      बुधबार, असार १६, २०७८      0

राष्ट्रपतिबाट नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषद्बाट नियुक्ति सिफारिस भएका पदाधिकारीको बदर गर्न माग गरेका हुन् ।

संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरेका छन् ।

संवैधानिक परिषदले गत वैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो । उनीहरुलाई संसदीय सुनुवाइ विनै राष्ट्रपतिबाट असार १ मा नियुक्त भएका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *