‘ओली प्रवृत्ति मुलुकका लागि घातक, मिलेर प्रतिकारमा उत्रौँ’

 ग्लोबल टिभि           0

काठमाडौँ : विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुकका लागि घातक भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको छ ।

नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग आज गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरुले ओली प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताएका हुन् । यसका लागि एकै ठाउँमा उभिन उनीहरूले आग्रह गरे ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताले जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *