सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

 ग्लोवल टि.भी.      बिहिबार, असार १७, २०७८      0

सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् ।

नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए । देउथल हाल भारतको उत्तराखण्ड राज्यमा पर्दछ।

१९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको इतिहासमा पढ्न पाइन्छ । अंग्रेज सेनाले साहसी सैनिकको रुपमा सम्मान गर्दै उनको शवलाई पूर्ण सम्मानका साथ फर्काएको थियो ।

लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेका थिए । करिब एक वर्षपछि थापा नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *