एमालेभित्र एकताको लागि अन्तिम प्रयास गर्दै दोस्रो पुस्ता, थप छलफल गर्नु पर्ने भन्दै शुक्रबारको वैठक सार्न प्रस्ताव

 ग्लोबल टिभि           0

नेकपा (एमाले)मा देखिएको विवाद समाधान गर्न सक्रिय रुपमा लागेका दोस्रो तहका नेताको छलफल र वैठकलाई तिव्रता दिएकाछन् । विहिबार विहान वैठक वसेपनि  निष्कर्श भने ननिस्किएको वताइएको छ ।

काठमाडौंमा सम्पन्न बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल सहभागी थिए। त्यसैगरी माधव नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे तथा भीम आचार्य सहभागी थिए। शीर्षतहमा देखिएको विवाद समाधानका लागि भन्दै यी नेताहरुबीच निरन्तर बैठक बसिरहेको छ।

आजको बैठकमा पार्टी अध्यक्ष ओलीले गरेको महाधिवेशन आयोजक कमिटी विघटनपछि उत्पन्न राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो ।

साथै, आजको बैठकमा ओली पक्षका नेताहरुले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षलाई पनि सहभागी हुन आग्रह गरेका थिए ।नेपाल पक्षले भने केही विषयमा थप छलफल आवश्यक रहेकाले बैठक सार्न प्रस्ताव गरेको बताइएको छ ।

शीर्ष तहसँग छलफल गरी बिहीबार बेलुका पुनः बस्ने गरी बिहानको बैठक सकिएको सहभागी एक नेताले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *