कांग्रेस सांसद पाण्डेले लिए शपथ

 ग्लोबल टिभि           0

काठमाण्डौ । नेपाली कांग्रेसका संघीय सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त पदमा नियुक्त कांग्रेस सांसद मोहन पाण्डेले शपथ लिएका छन् ।
आज आयोजित एक कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले सांसद पाण्डेलाई शपथ गराएका छन् ।

मुख्य विपक्षी नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन् ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई पठाएको हो ।

गत १७ कात्तिकमा सांसद केसीको निधन भएपछि पद खालि थियो ।
सांसद पाण्डे यस अघि संविधान सभामा स्याङजाबाट निर्वाचित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *