ग्लोबल टिभि
0
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि शुक्रबार हुने भनिएको नेतात्रयको ‘टोखा भेला’ स्थगित भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार महाधिवेशनबारे छलफल गर्ने भन्दै केन्द्रीय सदस्यहरूको भेला डाकेका थिए ।
बुधबार महाराजगञ्जमा महामन्त्री कोइराला निवास बसेको बैठकमा पौडेलले भेलाको उद्देश्यबारे प्रश्न गरेका थिए । ‘तीनजना नेताले भेला बोलाएको बारे देशभरीका साथीले फोन गरेका छन् ।
यस्तो भेलाबाट के सन्देश दिन खोजिएको हो ?’, भेलामा पौडेलले भनेका थिए । त्यसपछि पछि उपयुक्त समय मिलाएर सबै नेताहरुलाई समेटेर कार्यक्रम गर्ने गरी टोखा भेला स्थगित भएको त्रयनेता निकट स्रोतले बतायो ।
Post Views: 1,744
Leave a Reply