प्रधानमन्त्रीले अरुलाई सरकार बनाउन दिँदा हुँदैनथ्यो ? : प्रधानन्यायाधीश

 ग्लोबल टिभि           0

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले अरुलाई प्रधानमन्त्री बनाउन किन नदिएको भनेर प्रश्न गरेका छन् । केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न गरेका हुन् ।

संसद् विघटनको पक्षमा बहस गर्ने अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको भनी प्रश्न गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था नभएपछि संविधानलाई जिवन्त राख्न अरुलाई समर्थन गर्ने दायित्व होइन र भन्ने प्रश्न प्रधानन्यायाधिशको रहेको थियोे ।

प्रधानन्यायाधीश जबराले भने, ‘पार्टीको नेताको हैसियतले प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा मात्र बनाउनुपर्थ्यो र ? १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, नि । किन दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ? प्रधानन्यायाधीशको प्रश्न थियो ।

अदालतले संसद विघटन ठीक भएन भनी आदेश दिएपछि प्रधानमन्त्री किन त्यही बाटो दोहोराएको भनी प्रधानन्यायाधीश जबराले जबराले प्रश्न गरे । अधिवक्ता कोइरालाले जो निर्वाचित हो उसैले त्याग गर्नुपर्छ भन्ने विषयमा जवाफ आफूसँग नभएको बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *