एमालेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने

 ग्लोबल टिभि           0

काठमाडौँ  : नेकपा एमालेले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ ।

काठमाडौँको बुद्धनगरस्थित पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता भीम रावलले सहमतिको प्रक्रियामा औपचारिक वार्ता गर्नुपर्ने र सहमतिका आधारमा स्थायी कमिटीको निर्णयको आधारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताए ।

एमालेले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटी भंग गरी २०७५ साल जेठ २ गते अघिको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको थियो । यही केन्द्रीय कमिटीको बैठक शुक्रवारका लागि बोलाइएको हो ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *