मत्थर बन्दै एमाले विवाद , अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता

 ग्लोबल टिभि           0

चरम  उत्कर्शमा पुगेको नेकपा एमाले भित्रको विवाद विस्तारै मत्थर हुदै छ । एकअर्का विरुद्ध चर्को गाली गलौजमा उत्रिएको दुवै समूहविच उकताको अन्तिम प्रयास जारी छ ।यसैविच  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवाद भएको छ।

लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिए। दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको पाण्डेको भनाइ छ। भेटको समय र स्थान भने तय भएको छैन्।

नेपालनिकट नेता भीमआचार्यले दुई जनाबीच टेलिफोनमा सम्वाद हुनु एमालेको लागि सुखद् पक्ष भएको भन्दै खुशी व्यक्त गरे। उनले पार्टी एकताको लागि दुवै नेता गम्भीर रहेको सुनाए।

बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। बैठक शुक्रबार विहान ११ बजे बस्ने तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय कमिटी बैठक स्थगित गर्ने तयारी छ। एमालेको संस्थापन पक्षले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

संस्थापन पक्षले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो। तर खनाल–नेपाल समूह भने जेठ २ मा कायम नवौं महाधिवेशन आयोजक कमिटीबाट निर्वाचित कमिटीबाट पार्टी सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ। र, उसले केन्द्रीय कमिटी नै अवैध भएको निष्कर्ष निकाल्दै शुक्रबारको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै २० जना सदस्य थपिएकोमा नेपाल खनाल समूहको आपत्ति छ। उक्त समूहका स्थायी कमिटी सदस्यको बिहीबार बसेको बैठकले शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *