ग्लोबल टिभि
0
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। विहिबार स्थगित भएको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ।
बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। क्रियाशील सदस्यता वितरणका मापदण्डमै विवाद देखिएकाले आजको बैठकमा यसबारे समाधान खोजिने भएको छ।
पाटीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले विरोध गर्दै आएको छ।
केही दिनयता यसै विषयमा पटकपटक छलफल भए पनि समाधान निस्कन सकेको छैन।
Post Views: 1,550
Leave a Reply