नेपालको राजनीति एमालेलाई नै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ : प्रधानमन्त्री ओली

 ग्लोबल टिभि      शुक्रबार, असार १८, २०७८      0

काठमाडौं  : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विरुद्ध विभिन्न हल्ला फैलाइएको बताएका छन् । शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार र पार्टीलाई कमजोर पार्न खोज्नेहरुले अनावश्यक हल्ला गरेको दावी गरे ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताएका छन् । उनले भने, ‘हाम्रा हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन दिइएको छैन ।’

एमाले सिद्धियो भनेर स्याल हुइयाँ गरिए पनि नेपालको राजनीति एमाले वरिपरि नै घुम्ने ओलीको दाबी छ । ‘एमाले सिद्धियो भन्ने । फेरि पनि नेपालको राजनीति एमालेलाई नै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ ।’

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ गएको लाजमर्दो अवस्था छ ।प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका पछिल्ला फैसलाप्रति पनि असन्तुष्टि जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *