शनिबारको वैठकमा उपस्थित हुन नेपाल समूहलाई ओलीको आग्रह

 ग्लोवल टि.भी.      शुक्रबार, असार १८, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन् । बालुवाटारमा बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् ।

उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उनले बताए । ‘उहाँ (वामदेव गौतम)लाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले वामदेव गौतमलाई आउने सधैं आउन आग्रह गरेका थिए ।
गौतमले एमाले विवादमा पार्टी एकता अभियान चलाउँदै आएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ओलीले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तरण गरेलगत्तै गौतम बैठकमा सहभागी भएका हुन् ।

आजको वैठक शूरु हुन अधि  नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटार पुगेका थिए।  उनीहरुले अध्यक्ष ओलीलाई बैठक रोकेर एकताको पहल थाल्न  आग्रह गरेकाथिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *