लुम्बिनी प्रदेशको राज्यमन्त्री सुमन शर्मा रायमाझीबाट राजीनामा, मुख्यमन्त्री पोखरेल संकटमा

 ग्लोबल टिभि      शुक्रबार, असार १८, २०७८      0

लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टीको तर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् ।

लुम्बिनी प्रदेशमा जसपाबाट ६ प्रदेश सभा सदस्यले प्रतिनिधित्व गरेका छन् । जसमा पनि लुम्बिनी प्रदेशमा जसपा दुई धारमा विभाजित छ । उपेन्द्र यादव समूहका दुई जना सरकार बाहिर छन् ।

४ जना वैशाख ६ मा सरकारको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै साँझ सरकारमा सहभागी भएका थिए । जसपाकै सन्तोष पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र विजय यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

जसपाका ६ सदस्यमध्ये शर्माको राजीनामा पछि जसपाका ३ प्रदेश सभा सदस्य सरकारको समर्थनमा छन् । अन्य ३ जना विपक्षमा देखिएका छन् । शर्माको राजीनामासँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पुनः अप्ठ्योमा परेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *