‘राष्ट्रपतिलाई निरन्तर प्रहार गर्नु गणतन्त्रको मर्मविपरीत'
ग्लोबल टिभि
शुक्रबार, असार १८, २०७८
0
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै नेताहरू पार्टीको साख गिराएर ध्वस्त पार्न लागेको प्रतिक्रिया दिएका छन् ।
पार्टीको केन्द्रीय कमिटीको बैठकमा आज प्रधानमन्त्री ओलीले नेताहरूले संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गरेको बताएका हुन् । उनले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनावश्यक आरोप लगाउने काम भएको भन्दै आपत्ति जनाए । राष्ट्रपतिमाथि अनावश्यक हिलो छ्याप्ने काम गणतन्त्रको मर्मविपरीत भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले निषेधाज्ञा तोडेर राजनीतिक दलहरु पुतलादहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
Post Views: 606
Leave a Reply