ग्लोवल टि.भी.
सोमवार, मंसिर ८, २०७७
0
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न तयार रहेको बताएका हुन् ।
सांसद मोहन पाण्डेको शपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरुसंग स संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए ।
‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ’ सापकोटाले भने ।
हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले बताए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।
मुख्य विपक्षी लगायतका दलले संसद बैठक बोलाउनुपर्ने बताइरहेका छन् ।
Post Views: 383
Leave a Reply