पार्टी एकताको पक्षमा चन्द्रागिरीमा एमाले जनप्रतिनिधिको प्रदर्शन

 ग्लोबल टिभि           0

काठमाडौ :  नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव दिदै काठमाडौ को चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् ।शनिबार चन्द्रागिरिका एमालेतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

प्लाकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलिय जनवाद जिन्दवाद लगाएत लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अब मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगाएतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए ।

चन्द्रागिरि नगरपालिका वडा नंवर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउन दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताए ।

उनीहरुले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *