एमालेका दोश्रो तहका नेताहरुबीच अनौपचारिक संवाद

 ग्लोवल टि.भी.      शनिबार, असार १९, २०७८      0

नेकपा एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक संवादमा जुटेका छन् । ललितपुरको एक होटलमा नेताहरुबीच संवाद भइरहेको बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म संसद् विघटन विरुद्ध दायर मुद्दाबाट हस्ताक्षर फिर्ता नलिए एकता नहुने चेतावनी दिए पनि दोस्रो तहका नेताहरुले भने संवाद जारी राखेका छन् । शनिबार दिउँसो ३ बजे अध्यक्ष ओलीले बालुवाटारमा बैठक बोलाएका छन् ।

शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकलाई शनिबार पनि निरन्तरता दिइएको छ । तर, यो वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अनुपस्थित छन् ।

अनौपचारिक संवादमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेललगायत छन् सक्रिय छन् भने नेपालका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकण विष्ट, भीम आचार्यलगायत छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *