क्रियाशील सदस्यताप्रति कांग्रेस सभापति देउवाको चासो

 ग्लोबल टिभि      शनिबार, असार १९, २०७८      0

शीर्ष नेतासहितको पदाधिकारी बैठकले क्रियाशील सदस्यबारे मापदण्ड बनाएको भोलिपल्ट कांग्रेस सभापति शेरबहादुर देउवाले चासो देखाएका छन् ।
सभापति देउवाले शनिबार आफ्नै निवासमा राखेको छलफलमा देउवा निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी सहभागीसंग छलफलमा चासो देखाएका हुन्।

छलफलमा क्रियाशील सदस्यताबारे शुक्रबारको पदाधिकारी बैठकबाट निर्धारित मापदण्डको कार्यान्वयनका बारेमा छलफल भएको सहभागी एक नेताले बताए । सभापति देउवाले महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने गरी काम गर्न छानविन समितिलाई निर्देशन दिएको ती उनले बताए ।

देउवाले तोकिएको समयमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता भएकाले आफ्नो समूहबाट समितिमा रहेका नेताहरुलाई सहमतिमै क्रियाशील सदस्यता विवाद टुंग्याउन निर्देशन समेत दिएका छन् ।

देउवा समूहमा रहेका उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक र सहमहामन्त्री सुनील थापासहित राप्रपाबाट आएका नेता कार्यकर्तालाई दिने भनिएको क्रियाशील सदस्यको निर्धारित संख्या कार्यान्वयन गर्न पनि समितिलाई भनिएको छ ।

‘फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका नेता कार्यकर्तालाई निर्धारण गरिएको संख्या अनुसार प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिनेबारे छलफल भएको हो,बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *