प्रधानमन्त्रीबाट समुन्द्रटार–त्रिशुली १३२ केभी प्रसारण लाइन उद्घाटन

 ग्लोवल टि.भी.      शनिबार, असार १९, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १३२ केभी समुन्द्रटार–त्रिशुली प्रसारण लाइनको उदघाटन गरेका छन् ।उद्घाटनपछि २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री ओलीले नुवाकोटमा निर्माण सम्पन्न प्रसारण लाइन तथा सबस्टेसनको भर्चुअल माध्यमबाट बालुवाटारबाट गरेका थिए ।

यस प्रसारण लाइनमा प्रवाह हुने गरी निजी लगानीमा तादी खोलामा ६० मेगावाटका १० जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । नेपाल विद्युत प्राधिकरणले यी जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १३२÷३३ केभी समुन्द्रटार सबस्टेसन र २६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको हो ।

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले बताएको छ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माण गर्न २०७३ मंसिर १३ मा ठेक्का सम्झौता भएको थियो । निर्माण सुरु भएको साढे ४ वर्षमा प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएको हो । प्राधिकरणले गत असार १० गतेदेखि नै अनौपचारिकरूपमा प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

प्रसारण लाइन तथा सबस्टेसन आयोजनामा सरकार, एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंकको संयुक्त लगानी छ । कूल १ अर्ब ५५ करोड रुपैयाँ लागतमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण पूरा भए हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *