प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियान निरन्तर चल्ने दाबी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गरेका हुन् ।
खोप पाउन केही समय समस्या भए पनि मित्रराष्ट्रहरू सँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने दाबी गरेका छन् । विगतमा विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब त्यो अवस्था नआउने बताए ।
प्रधानमन्त्री ओलीले पहिले जोखिमयुक्त समूहलाई खोप दिने बताएका छन् । प्रधानमन्त्री ओलीका अनुसार सबै नागरिकलाई खोप दिइने भएको छ। सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दाबी गर्दै उनले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।
Leave a Reply