अल्टिमेटमपछि नेपालले गरे आफूनिकट सांसदसँग छलफल ,हस्ताक्षर फिर्ता नलिने अडान

 ग्लोबल टिभि           0

काठमाडौँ  : नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरुसित छलफल गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि सोबारेमा छलफल भएको हो । वरिष्ठ नेता झलनाथ खनाल–नेपाल पक्षका सांसदहरुले उक्त हस्ताक्षर फिर्ता नलिने भएका छन् । सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन आउँदो सोमबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

एमाले केन्द्रीय कमिटीको अल्टिमेटमपछि शनिबार छलफल भएको हो  । शुक्रबारको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *