ओली नेपाल टेलिफोन संवाद, ओली प्रस्ताव नेपालबाट अस्वीकार

 ग्लोबल टिभि           0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।

यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् ।

अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *