प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लचकतालाई कमजोरीको रुपमा नहेर्न नेपाल समूहलाई चेतावनी दिएका छन् । शनिबार एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेष्ठ २ मा फर्कने निर्णयमा सहमत भएर एकतालाई अघि बढाउन आग्रह गरेका छन् ।
उनले एमाले गतिशील पार्टी भएकोले तर्कको फिटाइले कुनै फरक नपर्ने पनि बताएका छन् ।प्रधानमन्त्री ओलीले पार्टी हित विपरित काम गर्नेलाई कुनै छुट नहुने भन्दै कमजोरी सच्याएर एकतामा आउन आग्रह गरेका छन् । उनले सर्वाेच्चको फैसला अगावै हस्ताक्षर फिर्ता गरेर पार्टीमा फर्कन आग्रह गरेका छन् ।
पार्टी हित विपरित काम गर्नेहरुलाई सच्चिने अवसर भएको चर्चा गर्दै अध्यक्ष ओलीले अवसरलाई उपयोग गर्न समेत सुझाएका छन् । नेपाल समूहलाई इंगित गर्दै अध्यक्ष ओलीले पार्टी एकता जे जसरी पनि भाँड्ने मानसिक बिरामीलाई कुर्न अब नसकिने बताएका छन् । एकतामा पनि नआउने तर, सडकमा एकताको भजन गाउनुको कुनै तुक नभएको उनले बताए ।
Leave a Reply