नेपाली कांग्रेसले विवादास्पद क्रियाशिल सदस्यता छानविनको काम आधा भन्दा कम जिल्लामा मात्रै सम्पन्न गरेको छ ।
विवादास्पद सदस्यताबारे निर्क्यौल गर्नका लागि गठित क्रियाशील सदस्यता छानविन समितिलाई आज (असार २० गते आइतबार) सम्मको समय दिइएकोमा अहिलेसम्म ३६ जिल्लाको विवाद मात्रै निर्क्यौल गरिएको समितिका संयोजक नेता रमेश लेखकले जानकारी दिए ।
नेता लेखकले भने, ‘अहिलेसम्म ३६ जिल्लाको काम सकियो, बाँकी ४१ जिल्लाको काम पनि तीव्र गतिमा भइरहेको छ । अनुसार क्रियाशील सदस्यता छानविनका लागि भर्खर मार्गदर्शन पारित भएको तथा विवादित ठाउँमा कसरी समाधान गर्ने भन्ने विषयमा नेताहरुबिच हालै मात्र सहमति भएको हुनाले निर्धारित समयमा काम सक्न मुश्किल परेको हो।’
समितिको आइतबार बसेको बैठकले नेता प्रदीप पौडेललाई प्रवक्ता पनि तोकेको छ । प्रवक्ता पौडेलका अनुसार छानविनका लागि समितिमा १८ हजार ४०० जुरी परेकोमा अधिकांश सामान्य खालका रहेका छन् । केही हजार अलि गम्भीरता पूर्वक हेर्नु पर्ने उजुरी रहेको उनले जानकारी दिए।
नेपाली कांग्रेसको महाधिवेशन आउँदो भदौमा हुँदैछ । तर क्रियाशील सदस्यताको विवाद भने अझै समाधान हुन सकेको छैन ।
Leave a Reply