ग्लोबल टिभि
0
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पू र्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले वृक्षारोपण गरेको छ ।
फाउण्डेशनले तीन दिने कार्यक्रमको आयोजनामा पहिलो दिन वीरगञ्जको आइसीपी र आर्दशनगरको कबरस्थानमा साल,सिसम,बेल,सफेदा,खैर,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपेको हो ।
यस्तै असार २१ गते फाउण्डेशनको कार्यालय आदर्शनगर पानी ट्यांकीमा रक्तदान र्कायक्रमको आयोजना गरेको छ भने असार २२ गते पर्सा जिल्लाका दुईजना सक्रिय पत्रकारलाई जनही २५००० (पच्चीस हजार ) जनही पुरस्कार दिएको छ।
Post Views: 1,024
Leave a Reply