प्रधानमन्त्रीसँग भेट्न माधव नेपालले इन्कार गर्नुभयो : उपमहासचिव पौडेल

 ग्लोबल टिभि           0

नेकपा एमालेका उपमहासचिव एवं गृहमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिने नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेट गरेका थिए । भेटमा उपमहासचिव पौडेलले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले इन्कार गरेको बताए ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँबानेश्वरमा भेटबारे राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा चाहना राखेपनि नेपालीले अरुची देखाएको प्रतिक्रिया दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *