अध्यक्ष ओली र नेता नेपालबीचको इगो रहँदासम्म एकता असम्भव : उपाध्यक्ष गौतम

 ग्लोबल टिभि           0

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको इगो रहँदासम्म एकता असम्भव भएको बताएका छन् ।

पार्टी एकताका लागि आफू अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताउँदै उपाध्यक्ष गौतमले ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।

राष्ट्रियसभा बैठकबाट बाहिरिदै गर्दा गौतमले नेताद्वय ओली र नेपाल एकअर्काबीच रिस साँधेको बताए । दुई नेताबीचको रिस शान्त नभएसम्म पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास सार्थक नहुने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *