ग्लोबल टिभि
0
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता शंकर पोखरेलले आफूहरूले गरिरहेको प्रयास माधव नेपाललाई विपक्षी गठबन्धनको सदस्य बनाउन होइन, एमालेको नेता बनाउन हो भनेर व्यंग्य गरेका छन्।
आइतबार उनीसहीतका नेताहरुले माधव कुमार नेपाललाई भेटेर पार्टी एकताका प्रयास गर्न नेपाल निवास पुगेर अध्यक्ष केपी शर्मा ओलीसंग एकपल्ट कुरा गर्न आग्रह गरेका थिए । तर नेपाल ओलीसंग भेट्न अनिच्छुक देखिए । त्यसको टिप्पणी गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विपक्षी गठबन्धनको अध्यक्ष मण्डलको सदस्य होइन, नेकपा (एमाले) को नेताका रूपमा माधव कमरेडलाई देख्न चाहनेहरूको प्रयास हो, एकताको प्रयास।’
Post Views: 1,167
Leave a Reply