राष्ट्रिय सभामा कांग्रेस सांसदले देखाए कालो क्याप !

 ग्लोवल टि.भी.      सोमवार, असार २१, २०७८      0

कांग्रेस सांसदले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्।

कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा कालो क्याप देखाएका हुन्। ‘मैले यो सदनमा टोपी लगाएँ होलाु, रायमाझीले भने, ‘आज क्याप लगाएर प्रवेश गरेको छु। सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।’

उनले सांकेतिक रूपमा सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाएको दावी गरेका छन् ।

रायमाझी राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट, कालो कोट लगाएर पुगेका थिए। रायमाझीले लकडाउनको अवस्था नभएको भए प्रतिनिधि सभा विघटनविरूद्ध लाखौं मान्छे कालो झन्डा बोकेर सडकमा निस्कने अवस्था रहेको तर्कसमेत गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *