प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकियो

अब एमिकस क्युरी'को राय लिन बाँकी

 ग्लोवल टि.भी.      सोमवार, असार २१, २०७८      0

काठमाडौँ : संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट र जवाफी बहस सकिएको हो ।

सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे । अब संवैधानिक इजलासले ‘एमिकस क्युरी’को राय लिन बाँकी छ । दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु हुनेछ ।

नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक एमिकस क्युरी चयन भएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरी चयन भएका छन् ।

एमिकस क्युरीको रायका लागि २ घण्टा तोकिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *