प्रतिनिधिसभा विघटनवविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदन खारेज गरी निर्वाचनमा जानुपर्ने एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले बताएकी छिन् ।
सुनुवाइका लागि गठित संवैधानिक इजलासले झिकाएको रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको सदस्य पाठकले दाबी गरेकी छिन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिको निर्णय संवैधानिक दायित्व भएकाले संवैधानिक नै रहेको उनको राय छ।
पाठकले संविधानको पालक र संरक्षकका रूपमा राष्ट्रपतिको रहेकोले राष्ट्रपतिको विवेक हुन सक्ने तर्क गरेकी छिन् । घोषित निर्वाचन विश्वसनीय आधार हो । रिट निवेदन खारेज हुनुपर्छ,ु पाठकको राय थियो, ुस्वास्थ्य प्राथमिकता हो । निर्वाचन मितिलाई ध्यानमा राखी त्यसअगावै बालिग नागरिकलाई खोप लगाउने परमादेश जारी गरियोस् ।ु पाठकले एउटै व्यक्तिले निरन्तर प्रधानमन्त्री बन्छु भन्न संविधानले नदिने पनि राय दिएकी छन् ।
सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन नहुने सर्वोच्च अदालतले यसअघि भनिसकेकाले त्यसमा थप भनिरहन नपर्ने पनि पाठकको भनाइ थियो ।
Leave a Reply