ग्लोबल टिभि
0
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समायावधि सकिएको छ ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकले सोमबार साँझ ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । खनाल–नेपाल समूहका २३ जना सांसदले संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए ।
खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिने निर्देशन अस्वीकार गरेको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेका सांसद जीवनराम श्रेष्ठले हस्ताक्षर फिर्ता नहुने बताएका छन ।
Post Views: 1,047
Leave a Reply