मध्यावधि निर्वाचन : असार ३१ देखि साउन १५ सम्म दल दर्ता आह्वान

 ग्लोवल टि.भी.      सोमवार, असार २१, २०७८      0

काठमाडौँ : निर्वाचन आयोगले मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमवार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।

त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि आयोगले असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको कार्यक्रम बनाएको जानकारी दिए ।

आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *