नेकपा एमालेको कार्यदल फेरि व्यूँतिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि निस्कृय बनेको कार्यदलको बैठक सिंहदरबारमा बसेको छ ।कार्यदलमा पार्टीभित्रको विवाद समाधानका लागि संयुक्त मस्यौदा तयार गर्ने विषयमा छलफल भैरहेको छ ।
यसअघि गत बैशाख अन्तिम साता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार कार्यदल गठन भएको थियो । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
तर, नेपाल पक्षका संयोजक रावललाई ओलीले जेठ १२ गते पार्टीबाटै निस्काशित गरेपछि कार्यदल निस्कृय भएको थियो ।दुईदिन अघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षका २३ सांसदलाई आज(सोमबार) साँझ ५ बजेसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता नलिए एमालेमा नरहने चेतावनी दिएका थिए । तर, नेपाल पक्षले अदालतबाट हस्ताक्षर फिर्ता नहुने अडान दोहो¥याउँदै आएको छ ।
पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरुबीच निरन्तर छलफलपछि कार्यदल पुनः सक्रिय बनेको हो ।
Leave a Reply