काठमाडौँ : राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनको सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् ।
सोमवार राष्ट्रियसभा बैठकमा सांसद श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन् । उनले लोकतन्त्रको धज्जी उडाएको भन्दै प्रधानमन्त्री ओलीकै कारण मुलुकमा राजनीतिक संकट उत्पन्न भएको दाबी गरे ।
संविधानमा प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीमा नरहेको भन्दै श्रेष्ठले ‘संविधानको धारा ७६ अन्र्तगतका सबै धाराको कार्यान्वयन समाप्त भएको हो’, भनी प्रश्न गरे । उनले संविधान र लोकतन्त्रको हत्या गर्न रचना भएको निर्वाचनको नाटकलाई स्वीकार नगर्ने बताए ।
श्रेष्ठले सरकारले भोट माग्ने अस्त्रको रुपमा कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अघि बढाएर संघीयताको हत्या गरेको टिप्पणी गरे । राष्ट्रियसभा सदस्य श्रेष्ठले सबै जनतालाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन तथा कोभिड तेस्रो लहरको पूर्वतयारीमा जट्न सरकारको ध्यानाकर्षण गरे ।
Leave a Reply