‘नेताहरूको छलफल सकारात्मक, वार्ता निरन्तर’

 ग्लोवल टि.भी.      सोमवार, असार २१, २०७८      0

काठमाडौँ : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ ।

माधव नेपाल–झलनाथ खनाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पछि अवरुद्ध भएको कार्यदलको बैठक सोमवार साँझ सिंहदरबारमा बसेको हो ।

आइतबार बेलुका नेपाल–खनाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रिलाई भेटेको समाचार आए सँगै कार्यदलको बैठक बसेको हो । अनौपचारिक छलफलमा निरन्तर रहेका दोस्रो तहका नेताहरूबीचको वार्ता सकारात्मक बनेको बताइएको छ ।

बैठकपछि नेता रावल र गोकर्ण विष्टले छलफल सकारात्मक भएको र सहमतिनजिक पुगेको बताएका छन् । नेताहरूले बैठक निरन्तर बस्ने सहमति भएको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *