एमाले कार्यदलको बैठक आज पनि बस्ने

 ग्लोबल टिभि      मङ्लबार, असार २२, २०७८      0

पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

सोमबारबाट पुनः सक्रिय भएको कार्यदल बैठक आज दिउँसो १ बजेपछि बस्न लागेको हो । पार्टीभित्र विवाद चर्किएपछि लामो समय बस्न नसकेको कार्यदल बैठक सोमबार साँझ वसेको थियो । कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र आज थप छलफल गरिने कार्यदल भित्रका सदस्यहरुले प्रतिकृया दिएका छन् । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । तर माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएको छैन । वरु अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको छ ।

गत जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष ओलीको तर्फबाट नेता सुवास नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *