जसपाको विवाद मिलेन, नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह

 ग्लोबल टिभि      मङ्लबार, असार २२, २०७८      0

जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले आफूहरू मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आयोगमा मंगलवार भएको छलफलपछि नेता अनिल झाले अध्यक्ष उपेन्द्र यादवले आफूहरू मिलेर जान नसक्ने कुरा आयोगसमक्ष बताएको जानकारी दिए । जनता समाजवादीको विवाद मिलाउन निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर दुबै पक्षले आआफ्नो दावी कायम राखेका कारण विवाद निरुपण हुन सकेन ।

अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ। मंगलबार निर्वाचन आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *