संसद् पुनःस्थापनाको विकल्प नै छैन : अध्यक्ष प्रचण्ड

 ग्लोबल टिभि           0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन्  ।

केन्द्रीय सदस्य महादेव यादको निधनप्रति श्रद्धाञ्जली दिन जनकपुर पुगेका नेता प्रचण्डले पहिले पनि सर्वोच्चबाटै पुनःस्थापना भएकाले यसपटक पनि त्यही अनुसारको फैसला आउन दावी गरे ।  उनले भने, ‘पहिलोटक पनि विघटन हुँदा सर्वोच्चबाट पुनःस्थापना भएकै हो । हामीलाई पहिले पनि अदालतप्रति विश्वास थियो, अहिले पनि छ’ उनले भने ।

उनले संसद् पुनःस्थापना मात्रै नभई सर्वोच्चमा बुझाइएको १४६ सांसदको हस्ताक्षरलाई आधार मान्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमासमेत नियुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *