प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधततालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् ।
राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्रीले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको बताए ।
प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको बताए। कृषिमा गुणस्तरीय उत्पादनमा वृद्धि भएसंगै नियौतमा पनि सुधार आएको प्रधानमन्त्री ओलीको दाबी छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीलले स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुनेमा आफू विश्वस्त भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै सम्पन हुने बताए ।
जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था पनि भइसकेकाले काम चाँडै सम्पन्न हुने प्रधानमन्त्री ओलीको विश्वास छ ।
Leave a Reply