नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४ औं महाधिवेशनबाट कांग्रेस रुपान्तरणका लागि नयाँ प्रस्ताव सार्वजनिक गर्ने भएका छन् ।
कर्णालीबाट राजनीतिक छवि बनाएर उदाएका शाही नेविसंघका पूर्वउपाध्यक्ष हुदैं तरुण दलका महासचिव बनिसकेका छन् । पार्टीलाई क्रान्तिकारी रुपमा रुपान्तरण गर्दै सशक्त बनाउने उनको उदेश्य रहेको बताए ।
काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा शाहीले आफ्नो प्रस्ताव पार्टी एकता र सुदृढीकरणका लागि बलियो स्तम्भ बन्ने विश्वास गरे ।महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशील सदस्यता वितरण गर्ने परम्परालाई पार्टीले अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
पार्टीका नेता कार्यकर्ता सहर केन्द्रीत नभई गाउँ केन्द्रीत भएर ’जनजनमा काङ्ग्रेस मनमनमा काङ्ग्रेस’ अभियान चलाउनुपर्ने उनको प्रस्ताव छ ।
यस्तै देशमा आइपरेको सङ्कट र महामारी परेका बेला जनताको दुःख र पीडामा साथ दिन ’विपत्ति राहत कोष’ खडा गरेर सामाजिक सेवाको नेतृत्व काङ्ग्रेसले लिनुपर्ने शाहीको धारणा छ ।
युवामाझ लोकप्रीय नेता शाही पार्टीको आगामी महाधिवेशनमा सहमहामन्त्रीका आकांक्षी हुन् ।
Leave a Reply