गण्डकी प्रदेशको अघिल्लो सरकारले बजेटमै नसमेटिएका योजनाको ठेक्का सम्झौता गरेको खुलासा भएको छ। यस अघिको पृथ्वीसुब्बा गुरुङ सरकारले बजेटमै नभएका १० वटा बहुवर्षे आयोजनामा ४ अर्ब ५१ करोड रुपैयाँको ठेक्का लगाएको खुलेको हो ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार फेरिने भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएर छोडेको गण्डकी प्रदेशका प्रवक्ता कुमार खड्काले बताए ।
अघिल्लो सरकारले बजेट पुस्तिकामा नै नभएका योजनामा नियमविपरीत ठूलो रकमको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसलाई निरन्तरता दिन नसकिने प्रवक्ता खड्काले जानकारी दिए ।
नयाँ सरकार आएपछि पनि बजेट रकमान्तरण गरिएको छ। बजेट रकमान्तरण विषयमा सोधिएको प्रश्नमा प्रवक्ता खड्काले जुनसुकै सरकार आएपनि रकमान्तर गर्ने गरेको भन्दै आफ्नो सरकारको बचाउ गरे ।
नयाँ सरकार भएकाले आफूहरुसँग पनि जनताको अपेक्षा हुने भएकाले रकमान्तर गरेको खड्काको तर्क थियो ।
Leave a Reply