‘तामाकोशी जलविद्युत् आयोजनामा मेरो भूमिकालाई अवमूल्यन गरियो’

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि आफ्नो भूमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन् ।

नेता महतले आजभन्दा १० वर्षअघि उर्जामन्त्री भएका बेला आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम शुरु भएको भएको दाबी गरेका हुन् । तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको बताए ।

नेता महतले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताए । उनलेनेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्बको लागत अनुमान गरिएको  दाबी गरे ।

पछिल्लो समयमा  निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको  र लागत बढेको उनको भनाइ थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *