माओवादी केन्द्र विरुद्ध उजुरी लिएर ‘बादल’ समूह निर्वाचन आयोग जाँदै

 ग्लोबल टिभि      बुधबार, असार २३, २०७८      0

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका पूर्वमाओवादी नेताहरु अवैधानिक दाबी गर्दै उजुरी लिएर बुधबार निर्वाचन अयोग जाँदैछन् ।

२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापाको नेतृत्वमा उजुरी दिन लागेको एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई कारबाही गरेको थियो ।

त्यही कारण उनीहरुको सांसद पद गएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *